सावधानी अपनाउँदै अस्पतालका ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउँदै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबार मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सबै अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्नको लागि आग्रह गरेका हुन्। ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले नै आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना उपचारमा केन्द्रित हुन आग्रह गरेको थियो । तर डेढ महिनाभन्दा बढी समय भइसकेकाले र अन्य रोगका बिरामीले स्वास्थ्य सेवा नपाएको कुरा आएकाले अब भने सावधानी अपनाउँदै ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएको हो ।
डा देवकोटाले सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपीडी सेवा सूचारु गर्न आग्रह गरे । कोरोना महामारीका कारण देशमा लकडाउन भएदेखि नै सबै अस्पतालमा नियमित ओपीडी सेवा अवरुद्ध भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा