सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण किट आएसँगै सुरु
शेर भण्डारी\ डडेल्धुरा: सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण सुरु भएको छ। किट आइपुगेपछि शनिबारदेखि पुन रोकिएको कोरोना परीक्षण सुरु भएको हो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा गुणराज अवस्थीले शुक्रबार राति ३८४ जनालाई पुग्ने आरएनए एक्स्ट्रयाक्सन किट धनगढी आइपुगेको बताए। किटको अभावमा विभिन्न जिल्लाबाट संकलित ५० भन्दा बढीको थ्रोट स्वाबको रिपोर्ट आउन सकेको थिएन। डा अवस्थीका अनुसार शंकास्पद बिरामीको तत्काल परीक्षणका लागि मात्रै किट पुगेको हो। बाँकी आरडीटी किट लगायतका थप सामग्री आउनै बाँकी छ ।
किट अभावका कारण धनगढीको पशु अन्वेषण प्रयोगशाला स्थापना गरिएको पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण दुई दिन परीक्षण रोकिएको थियो। परीक्षणका लागि चाहिने किट आइपुगेसँगै परीक्षणलाई बढाउने सुदू्रपश्चिमको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए।
सुदूरपश्चिममा कोरोनाको उच्व जोखिम क्षेत्र मानेर सरकारले धनगढीमा प्रयोगशाला स्थापाना गरेको भए पनि किट र नमुना पर्याप्त भन्डारण गर्ने क्षमता नहुँदा परीक्षणलाई तीव्रता दिन सकिएको छैन्।
अहिलेसम्मको सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको थियो। पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त