तीन दिनमा ५ हजार ३ सय २० जनाको स्वाब संकलन गर्दै स्वास्थ्य मन्त्रालय
'५० हजार पीसीआर किट मौज्दात छ'
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनभित्र ५ हजार ३ सय २० नमुना संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।
शनिबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। उनले स्वाब संकलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्वास्थ्यकर्मी एवं नेपाली सेनाको टोली सो क्षेत्रमा गइसकेको जनाए । उनले हालसम्म ४ सय नमुना संकलन भएको पनि जानकारी दिए । डा देवकोटाले ५० हजार किट मौज्दात रहेको भन्दै परीक्षणको दायरा पनि बढाउँदै लाने बताए ।
पछिल्लो समय कोरोना हटस्पट बनेको नेपालगञ्ज, वीरगञ्ज, उदयपुर, बारा, पर्सा लगायतका स्थानबाट शंकास्पद व्यक्तिको स्वाब संकलन गरिने उनले जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर विधिमार्फत र ५५ हजार ९ सय ३० जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।
आज पुष्टि भएका ७ जनासहित नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ । ती मध्ये ३१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम