Health TV Online
Health TV Online
Health TV Online

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: गर्मीयाम शुरु भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। खासगरी तराई क्षेत्रमा देखिने भए पनि पछिल्ला केही बर्ष यता सुदूरपहाडमा पनि औलोका बिरामी देखिन थालेका हुन्।

लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो बर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ बर्षीया अस्मीता साउँदमा औलोरोग भएको पुष्टी भएको बैतडीका स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको भट्टले बताए। साउँदको अहिले उपचार भईरहेको छ। एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको उनले बताए।

यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ बर्षीय पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टी भएको छ। ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा जाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार