सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
यसअघिका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि ज्ञवालाीलाई नियुक्त गरिएको हो। डा ज्ञवालीले पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोण टोलीको नेतृत्व गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा