सुदूरपश्चिमकी संक्रमित महिला पनि कोरोना जितेर घर फर्किइन्
शेर भण्डारी\डडेल्धुरा: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोनालाई जितेर उनी शुक्रबार अस्पतालबाट घर फर्किएकी हुन्।
उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
३५ दिनदेखि सेती अस्पतालमा भर्ना भएकाी धनगढी उपमहानगरपालिका- ५ की ३४ वर्षीया महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाबको नमुना परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो दुई पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको हो। चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो।
योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त