भारतमा पछिल्लाे सात दिनमा २३ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडाैं: भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । पछिल्लो सात दिनमा मात्रै २३ हजार कोरोनाका नयाँ संक्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३० अप्रिलसम्म ३३ हजारको हाराहारीमा कोरोना देखिएकोमा मे को शुरुवातदेखि नै संक्रमित थपिने क्रम तीब्र रुपमा बढेको हाे । सात दिनमै ३३ हजारबाट बढेर संक्रमितकाे संख्या ५६ हजार ३४२ पुगेकाे छ ।
गत २४ घण्टामा मात्रै भारतमा १०३ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९० नयाँ संक्रमित थपिएका छन्।
योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको छ। यसैगरी १६ हजार भन्दा बढी संक्रमित निकाे भएर घर फर्केको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा