Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयलाई स्वीजरल्याण्ड सरकारले दियो ३० हजार पीसीआर किट

स्वास्थ्य मन्त्रालयलाई स्वीजरल्याण्ड सरकारले दियो ३० हजार पीसीआर किट

हेल्थ टिभी अनालाइन\ काठमाडौं: स्वीजरल्याण्ड सरकारले दिएको ३० हजार थान पीसीआर टेस्ट किट बिहिबार नेपाल आइपुगेको छ ।
देशभर किटको अभाव भएकाबेला स्वीटजरल्याण्ड सरकारले गरेको उक्त स्वास्थ्य सामग्री वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । सामान आए लगत्तै विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको उक्त सामानले नेपालाई केही मात्रामा भए पनि सहयोग पुग्ने विश्वास लिएको बताइन्। यसैगरी मन्त्री ढकालले सहयोगका लागि स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार