सुदूरपश्चिममा पनि किट अभाव, रोकियो कोरोना परीक्षण
शेर भण्डारी \ डडेल्धुरा : कोरोना परीक्षणका लागि प्रयोग हुने ‘आरएनए एस्ट्राक्सन’ किट सकिएपछि सुदूपश्चिममा कोरोना परीक्षण रोकिएको छ ।
सुदूरपश्चिम भरीकै कोरोना परीक्षण हुने धनगढीमा रहेको पशु अन्वेषण प्रयोगशालामा आरएनए एस्ट्राक्सन किट सकिएपछि कोरोना परीक्षण रोकिएको हो ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना परीक्षणका लागि प्रयोग हुने आरएनए एस्ट्राक्सन किट अभाव भएकाले दुईदिनदेखि परीक्षण रोकिएको बताए । उनले भने, ‘देशैभरी आरएनए एस्ट्राक्सन किट अभाव भएको छ । स्वास्थ्य मन्त्रालयसँग कुरा भइसकेकाले छिटै आउने आश्वासन आएको छ । किट आए लगत्तै पुन परीक्षण शुरु गछौं ।’





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा