हालसम्म पीसीआरबाट १४ हजार ५ सय ९ र आरडीटीबाट ५४ हजार ९३ जनामा कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले हालसम्म पीसीआर विधिमार्फत १४ हजार ५ सय ९ र आरडीटीमार्फत ५४ हजार ९३ जनाको परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बिहिबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। उनले विभिन्न स्थानबाट आएका र कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ३ सय ७२ जना रहेको पनि जानकारी दिए ।
यसैगरी देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा रहनेको संख्या १ सय ३३ रहेको छ । मन्त्रालयका अनुसार ३ जना उपत्यकामा र १ सय ३० जना उपत्यका बाहिर रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश छ मा २४ जना र सुदूरपश्चिममा ५ जना गरी ९९ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमण देखिएको छैन्। संक्रमित मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा