सांसदहरुको पीसीआर विधीमार्फत कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सांसदहरुको कोरोना परीक्षण शुरु भएको छ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।
केही सांसदहरु हाल कोरोना संक्रमित देखिएका क्षेत्रबाट पनि आउने भएकाले अधिवेशनको अघिल्लो दिन पीसीआर टेष्टको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।
बिहीबार बिहान १० बजेदेखि नै स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरु संसद भवन बानेश्वर पुगेका थिए। स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिनेछ । मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा