नेपालमा एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगञ्जमा थप १७ जना संक्रमित थपिएको पुष्टि गरेका हुन्।
संक्रमित हुनेहरुमा १० जना पुरुष र ७ जना महिला रहेकाे बताइएको छ । त्यसमा २ महिने शिशु पनि रहेकाे मन्त्रालयले जनाएकाे छ । बुधबार कोरोना पुष्टि भएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या ९९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा