लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले लकडाउनलाई थप दश दिन लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोना नदेखिएका क्षेत्रमा केही खुकुलो गर्ने प्रस्ताव गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलाीले भारतमा कोरोना संक्रमितको संख्या बढ्नु नेपालका लागि पनि जोखिम हो भन्दै लकडाउन लम्ब्याउने निर्णय गरेका हुन्।
नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ देखि लकडाउन शुरु गरेको थियो । पछिल्लोपटक थपिएको लकडाउनको समय वैशाख २५ सम्म छ । आज लकडाउनको ४४ औं दिन हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम