अस्पतालबाट निको भएर गएकामा पुन: देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना संक्रमणबाट निको भएर घर गएका तीन जनामा पुन संक्रमण देखिएको छ ।
काठमाडौंको सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र वीरगञ्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका दुई जनामा पुन: कोरोना संक्रमण देखिएको हो । उनीहरुको लगातार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । फलो अपमा आउँदा पुन: कोरोना पोजेटिभ देखिएपछि अहिले एक जनालाई पाटनको आइसोलेसनमा र दुई जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुको अब लगातार दुईपटकसम्म कोरोना रिपोर्ट नेगेटिभ नआउन्जेल अस्पतालमै राखिनेछ । अन्य मुलुकहरुमा पनि कोरोना पुन: देखिएको विज्ञहरुले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा