नेपालगञ्जमा फेरी थपिए ७ जना, संक्रमितको संख्या ८२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौ: नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा थप ७ जना संक्रमित थपिएको जनाएको हो । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा सोमबार साँझ गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरु मध्ये ३ जना पुरुष र चार जना महिला रहेका छन्। उनीहरु पनि नेपालगञ्जका पहिलो संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका आफन्तहरु रहेको बताइएको छ । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ भने नेपालमा ८२ पुगेको छ । नेपालगञ्जमा यसभन्दा अघि शुक्रबार एक जनामा र आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको सम्पर्कमा आउनेको परीक्षण गर्न शुरु गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति:






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम