२४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा २४ घण्टामा १ हजार ३ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना आशंकामा गत २४ घण्टामा १ हजार तीन सय ८२ जनाको नुमना परीक्षण गरिएको बताए । उनले आज नयाँ संक्रमित फेला नपरेको पनि जानकारी दिए।
यसैगरी हालसम्म आरडीटी विधि मार्फत ५० हजार ८ सय ४५ जनाको परीक्षण गरिएको र पीसीआर विधिमार्फत १३ हजार ६४० जनाको कोरोना नुमना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ५ सय २३ रहेको छ यसैगरी कोरोनाको आशंकामा विभिन्न अस्पतलाको आइसोलेसनमा रहनेको संख्या १ सय ६ रहेको छ । काठमाडौं उपत्यकामा १ र १ सय ५ जना उपत्यका बाहिर रहेका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ७५ रहेको र १६ जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । ५९ जना संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा