भारतमा कोरोना उपचारमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीको उच्च सम्मान: हेलिकोप्टरबाट पुष्प वर्षा
हेल्थ टिभी अनलाइन: भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ ।
भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । आइतबार भारतका तीन सेना (थलसेना,वायुसेना र नौसेना ) ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो ।
कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । आइतबार जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती अस्पताल माथि हेलिकोप्टरबाट फूलको वर्षा गर्दै आभार प्रकट गरिएको थियो । भारतीय सरकारले कोरोनाको लडाइँमा अघि सरेका योद्धालाई आभार प्रकट गर्न यस्तो गरिएको जनाएको छ । हेलिकोप्टरबाट पुष्प वर्षा गर्दा सबै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी चौरमा भेला भएका थिए ।
भारतमा सोमबार बिहानसम्म सम्म ४२ हजार ५ सय ३३ जनाका कोरोना पुष्टि भएको छ भने एक हजार ३ सय ७३ जनको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा