Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४३ हजार बढी नाघेको छ । यसैगरी कोरोना संक्रमितको संख्या  ३४ लाख २३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ८३ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।  यसैगरी अमेरिकापछि बढी कोरोना संक्रमणबाट इटलीमा २८ हजार २ सयले ज्यान गुमाएका छन्। बेलायतमा २७ हजार ५ सय, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ३७ पुगेको छ भने १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या १८ हजार १ सय १४ पुगेको छ भने ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म ५९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन्।

थप समाचार