Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४३ हजार बढी नाघेको छ । यसैगरी कोरोना संक्रमितको संख्या  ३४ लाख २३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ८३ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।  यसैगरी अमेरिकापछि बढी कोरोना संक्रमणबाट इटलीमा २८ हजार २ सयले ज्यान गुमाएका छन्। बेलायतमा २७ हजार ५ सय, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ३७ पुगेको छ भने १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या १८ हजार १ सय १४ पुगेको छ भने ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म ५९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन्।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?