Health TV Online
Health TV Online
Health TV Online

झुलाघाट नाकाबाट फर्केका एक नेपालीको क्वारेन्टाइनमा मृत्यु

झुलाघाट नाकाबाट फर्केका एक नेपालीको क्वारेन्टाइनमा मृत्यु

शेर भण्डारी\ डडेल्धुरा: भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ। बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा मृत्यु भएको हो।

लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै बैतडी आएका थिए। एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै क्वारेन्टाइनमा बसेका थिए।

उनको शनिबार बिहान बाटोमा हिंड्दाहिंड्दै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको छ।

मृतक लुहारको शवलाई प्लास्टिकले बेरेर सुरक्षात्मक तरीकाले दाह संस्कार गर्न आफन्तहरुलाई आग्रह गरेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। कुँवरका अनुसार लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार