अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
शेर भण्डारी\ डडेल्धुरा: जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
जिल्लाको मंगलसेन नगरपालिका- ५ की ५१ वर्षीया देवु सार्कीको बिहीबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। कोरोना भाइरस संक्रमणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ती महिलाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सुर्खेत पठाइएको थियो। सुर्खेतमा थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।
उनले भने,’स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाएका थियौँ। शुक्रबार प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना नेगेटिभ देखाएको छ।’ कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिक्एो थियो । उनमा श्वासप्रश्वास सम्बन्धी पनि समस्या रहेको अस्पतालले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित