भारतमा फेरी दुई साता लम्बियो लकडाउन
हेल्थ टिभी अनलाइन: भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनको समय पनि बढाउने निर्णय गरेको छ ।
भारत सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फेरी दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसपटक लकडाउन मे १७ सम्म जारी रहने छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिएको हो ।
यसभन्दा अघि जारी गरेको लकडाउनको समय मे ३ सम्म थियो । यसपटक भने सरकारले कोरोना संक्रमण भएको एरियाबाहेक अन्य स्थानमा लकडाउन केही खुकुलो बनाएको जनाएको छ । हालसम्म भारतमा ३५ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन्। यसैगरी नौं हजार ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा