नेपालगंजका संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगियो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालगंजमा आज कोरोना पुष्टि भएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।
भेरी अस्पतालमा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । नेपालगंज वडा नं ८ का ६० वर्षीय पुरुषलाई को बाट कोरोना सरेको हो भन्ने एकिन नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
उनले भने, ‘उहाँलाई खजुरास्थित क्वारेन्टाइनमा लगिएको छ अब डिटेल लिंदैछौं ।’ उनले संक्रमित व्यक्ति लकडाउन शुरु हुनुभन्दा अघि नै भारतको बहराइचबाट आएको भनिए पनि एकिन भइनसकेको बताए । उनले आजै सबै जानकारी लिइने र उनको सम्पर्कमा आउने सबैको स्वाब संकलन गरी परीक्षण गरिने बताए ।
योसँगै नेपालगंजका अर्का एक व्यक्तिमा पनि भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट शंकास्पद आएपछि उनलाई पनि सोही अस्पतालको आइसोलेसनमा राखिएको छ । यद्यपी उनको पुन: नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम