नेपालगंजका एक र रुपन्देहीका एक गरी दुई जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेका अनुसार नेपालगंजको भेरी अस्पतालमा एक जना र रुपन्देहीका एक जनामा कोरोना पुष्टि भएको हो। नेपालगंज बाँकेका ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
उनीहरूको विस्तृत विवरण केहीवेरमा मन्त्रालयले सार्वजनिक गर्दैछ । योसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा