Health TV Online
Health TV Online
Health TV Online

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले सय प्रतिशतसम्म जोखिम भत्ता पाउने निर्देशिका स्वीकृत

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले सय प्रतिशतसम्म जोखिम भत्ता पाउने निर्देशिका स्वीकृत

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न भएर खटिने स्वास्थ्यक्रमीलाई जोखिम भत्ता दिने निर्देशिका पारित गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीहरुका लागि तयार पारेको निर्देशिका पारित गरेसँगै स्वास्थ्यकर्मीले अब सय प्रतिशत सम्म भत्ता पाउने छन्। यसमा कुनै रोकावट आउने छैन्। यसो त सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा फ्रन्टलाइनमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयले सो निर्णयपछि कोरोना भाइरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ को मस्यौदा तयार पारेको हो। स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त मस्यौदा मन्त्रिपरिषदले पास गरेको छ।

यसअघि नै बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।निर्देशिका अनुसारकोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुने निर्देशिकामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार