एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं: गैर आवासीय नेपाली संघले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघलाई कोरिया, चीन, हङकङ र मकाउले उपलब्ध गराएका सामग्री उपाध्यक्ष सोनाम लामाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन ।
स्वाथ्य सामग्री हस्तानतरण कार्यक्रममा मन्त्री ढकालले यी सामग्रीहरु पारदर्शी ढंगबाट प्रयोग हुने र त्यसको विवरण सबैले हेर्न सकिने बताए ।
देशमा कोरोना महामारीको त्रासका बेला विदेशमा छरिएर रहेका नेपालीले गरेको सहयोगको लागि मन्त्री ढकालले धन्यवाद दिएका थिए । उनले सबैको साथले अहिलेसम्म कोरोना समूदायमा फैलनबाट जोगिएको र यस्तै सहयोगको अपेक्षा गरेको समेत बताए ।
संघले ३ सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन ९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ २ हजार थान उपलब्ध गराएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा