भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । बुधबार साँझसम्मको तथ्याकं हेर्दा भारतमा संक्रमितको संख्या ३३ हजार बढी पुगिसकेको छ ।
भारतको स्वास्थ्य विभागका अनुसार हालसम्म ३३ हजार ५० जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ७८ जनाको ज्यान गएको छ । यहीविच ८ हजार ३ सय २५ जना निको भएर घर फर्केका छन्। कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित भएको छ ।
मुम्बईमा मात्रै हालसम्म ९ हजार ९ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी मृत्यु हुनेको संख्या पनि ४ सय २५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा