क्यान्सर पीडित बलिउड अभिनेता ऋषि कपुरको निधन
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतीय फिल्म इण्डस्ट्रीका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरको मुम्बईको एक अस्पतालमा आज बिहान साढे ८ बजे मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
ऋषि लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । ल्युकेमिया नामक क्यान्सरबाट पीडित उनले अमेरिकामा उपचार गराइरहेका थिए । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा मात्र भारत फर्किएका थिए । बुधबार मात्रै भारतका अर्का चर्चित अभिनेता इरफान खानको पनि मृत्यु भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा