कोरोना संक्रमणको त्रासका कारण स्वास्थ्य चेतना अभिवृद्धी गर्दै स्थानीय तह
शेर भण्डारी\डडेल्धुरा: कोरोना संक्रमणको त्रासका कारण डडेल्धुराका स्थानीयले कोरोना भाइरसको महामारीबाट बच्न जीवनशैलीमा परिवर्तन गर्न थालेका छन्।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यहाँका नागरिकले सरसफाइमा विशेष ध्यान दिन थालेका छन् भने स्थानीयको रहनसहनमा समेत सुधार आउन थालेको छ।
पहिले–पहिले यहाँका नागरिकले खाना खानुअघि र दिसा–पिसाब गरेपछि मात्र हात धुने गरेकामा हाल आएर हरेक काम गरिसकेपछि साबुनपानीले हात धुन थालेका छन्। पानी पँधेरो र शौचालयहरूमा साबुनको प्रयोगलाई विशेषरुपपमा ध्यान दिन थालिएको छ।
अनिवार्य रूपमा साबुन पानीले हात धुने बानीको विकास भएको छ।’ डडेल्धुराको सिमान्त गाउँ साँदनीकी महिला स्वास्थ्य स्वयमसेविका भागरथी धानुकले भनिन, ‘महामारीको सन्त्रासका कारण हाल जुनसुकै काम गरिसकेपछि साबुन पानीले हात धुने बानीको विकास भएको छ।’ यो कोरोनाले सिकाएको राम्रो पक्ष हो ।
उनले परिवारका सबै सदस्यहरुलेसरसफाईमा विशेष ध्यान दिन थालेको बताइन्। आलिताल गाउँपालिका–८ कि अमृता ठडाली मगरको दैनिकी हाल फेरिएको छ। कृषिकर्म गर्ने अमृतालाई अचेल मेलापात जान डर लाग्ने बताउँछिन ।
‘घर बाहिर जान डर लाग्छ। कृषक भएकाले खेतबारीमा काम गर्नैपर्छ बाहिर हिँड्दा मास्क लगाएर जान्छु।’ उनले भनिन्, ‘पटकपटक स्यानिटराइजर प्रयोग गर्छु, दैनिक नुहाउँछु, कपडा बदल्छु।’
अमरगढी नगरपालिका–१ की शारदा ऐर हाल तरकारी बेच्न बजार आउँदा मास्क र पञ्जा बनाएर लगाएर आउने गरेकी छिन। ‘बजारदेखि फर्किएर केटाकेटी कसैलाई छुन्न, आफ्नो सरसफाइ गर्छु अनि मात्र घरभित्र पस्छु’ उनले भनिन।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबैसँग हात मिलाउने बानी छोडिसकेको स्थानीय अगुवा भरत नेपाली बताउँछन। ‘महामारीको दृष्टिकोणले हेर्दा हात मिलाउने काम राम्रो होइन रहेछ, त्यसैले एकअर्कालाई कोरोनाको बारेमा सचेत गराउन थालेका छौँ। र, हात मिलाउनुको सट्टा नमस्कार गर्ने गर्दछौँ।’ उनले भने।
यहाँका स्थानीय तहले संक्रमणको जोखिम बढेपछि नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत गराउने कार्य गर्न थालेका छन्। स्थानीयस्तरमा जनचेतना जगाउने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिन सचेत गर्ने कार्य भएको छ।
नागरिकको रहनसहन परिवर्तनका लागि माइकिङ गरेर सरसफाइसम्बन्धी सन्देश दिनुका साथै बस्तीमा स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरेको र मोबाइलमार्फत सन्देश सम्प्रेषण भइरहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए।
संक्रमणबाट जोगिन तातोपानी, गुर्जो, बेसार, मरिच, अदुवा, बेसार, घोडताप्रे जस्ता जडीबुटी प्रयोग गर्ने गरेको स्थानीय बताउँछन्। उनीहरूले सञ्चारमाध्यममा आएका अन्य सुरक्षाका बारेमा समेत चासो राख्ने गरेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित