क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता इरफान खानको निधन
हेल्थ टिभी अनलाइन : बलिवुडका अभिनेता इरफान खानको आज मृत्यु भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५३ वर्षीय खानको मुम्बईको कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा बिहान ११ बजे मृत्यु भएको हो ।
उनको स्वास्थ्य केही दिनदेखि बिग्रदै गएको र मंगलबार अस्पताल भर्ना गरिएको बताइएको छ । सन् २०१८ मा उनलाई क्यान्सर भएको थियो । त्यसयता उनले लण्डनमा उपचार गर्दै आएका थिए । खानकी आमाको पनि केही दिन अघि मात्र निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा पनि सामेल हुन नपाएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा