र्यापिड टेस्टमा कागेश्वरी मनोहरा नगरपालिकाका युवकमा देखियो कोरोना पोजेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न ७ बस्ने २१ वर्षीय युवकमा आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
गत चैत ७ गते दुबई बाट आएका उनमा आरडीटी पोजेटिभ आएको नगर प्रमुख कृष्णहरी थापाले बताए । आरडीटी पोजेटिभ आएपछि उनलाई पीसीआर विधिमार्फत परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । उक्त रिपोर्ट भने आइसेको छैन्।
उनमा आरडीटी पोजेटिभ आएपछि उनको परिवार र प्रत्यक्ष सम्पर्कमा आएका १६ जनाको पनि परीक्षण गरिएको थियो । तर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए । उक्त युवक अहिले होम क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा