थप तीन जनामा देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको हो । वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। तीनैजना केही दिनअघि भारतबाट आएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा