Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन:  कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार बढी भएको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १७ हजार १ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यसैगरी कोरोना संक्रमित हुनेको संख्या ३१ लाख १५ हजार बढी नाघेको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

कोरोना संक्रमणबाट स्पेनमा २३ हजार ८ सय, इटलीमा २७ हजार ३ सय, फ्रान्समा २३ हजार ६ सय, बेलायतमा २१ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । रुसमा ९३ हजार बढी मानिसमा संक्रमण देखिएको छ भने ८ सय ६७ जनाको ज्यान गएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३्० हजार बढी पुगेको छ भने १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म ५४ जनामा संक्रमण देखिएको छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन