विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख १७ हजार बढी भएको छ ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १७ हजार १ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यसैगरी कोरोना संक्रमित हुनेको संख्या ३१ लाख १५ हजार बढी नाघेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ३५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
कोरोना संक्रमणबाट स्पेनमा २३ हजार ८ सय, इटलीमा २७ हजार ३ सय, फ्रान्समा २३ हजार ६ सय, बेलायतमा २१ हजार ६ सयभन्दा बढीको ज्यान गइसकेको छ । रुसमा ९३ हजार बढी मानिसमा संक्रमण देखिएको छ भने ८ सय ६७ जनाको ज्यान गएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ३्० हजार बढी पुगेको छ भने १ हजार ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म ५४ जनामा संक्रमण देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा