एपोनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई लागि भन्दै नेपाल औषधि उत्पादक संघले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
मंगलबार संघका अध्यक्ष नारायण बहादुर क्षेत्रीले स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष कल्पना आचार्यलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा क्षेत्रीले रिपोर्टिङमा खटिएका पत्रकारको सुरक्षाका लागि संघले सेनिटाइजर ग्लोब्स, मास्क लगायतका सामग्री सहयोग गरेको बताए । उनले पत्रकारलाई आफनो सुरक्षाको ख्याल गर्दै सूचना संकलन गर्न पनि आग्रह गरे।
कार्यक्रममा मञ्चकी अध्यक्ष आचार्यले एपोनले स्वास्थ्य पत्रकारका लागि सुरक्षा सामग्री प्रदान गरेकोमा धन्यवाद दिंदै सम्पूर्ण पत्रकारलाई उनले कोभिड–१९को जोखिमका बेला पहिले आफू सुरक्षित भएर मात्र सेवा प्रदान गर्न आग्रह गरिन्।
संघले सहयोग गरेका मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई वितरण गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा