चिकित्सकको पहिचानका लागि एपोनद्वारा ‘डाक्टर’ लेखिएको ज्याकेट प्रदान
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरेको छ।
सोमबार संघको कार्यालय पुगी औषधि उत्पादक संघले कोरोना महामारीमा फ्रन्टाइनमा खटिएका चिकित्सकका लागि पहिचान गर्न सजिलो होस भनेर डाक्टर लेखिएको ज्याकेट संघलाई प्रदान गरेको हो । कोरोना महामारीमा खटिएका चिकित्सकलाई पहिचान गर्न सजिलो होस भनेर उनीहरुको सुरक्षाका लागि पहिलो चरणमा एक हजार थान ज्याकेट प्रदान गरेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारिले बताए ।
उनले केही दिन अघि अस्पतालको ड्युटी सकेर घर फर्किदै गर्दा चिकित्सकमाथि र्दुब्यर्वहार भएको भन्दै यस्तो अवस्थामा पहिचानसहितको ज्याकेट भएमा पहिचान गर्न सजिलो हुने भन्दै ज्याकेट प्रदान गरिएको बताए ।
उनले पहिलो चरणमा एक हजार थान ज्याकेट प्रदान गरिएको भए पनि अर्को चरणमा थप ४ हजार थान ज्याकेट प्रदान गरिने पनि जानकारी दिए





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा