अबदेखि नीजि प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना अर्थात कोभिड- १९ को परीक्षण अबदेखि नीजि प्रयोगशालाले पनि गर्न पाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म सरकारी ल्याबले मात्र परीक्षण गर्दै आएकोमा अब भने नीजि ल्याबले पनि कोभिड -१९ को परीक्षण गर्न पाउने बताएका हुन्। उनले त्यसरी कोरोना परीक्षण गर्न चाहने ल्याबले स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको निर्देशिका बमोजिम मापदण्ड पूरा गरेर मन्त्रालयसँग अनुमति भने लिनुपर्ने बताए ।
हालसम्म सरकाले देशभरका १६ स्थानबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दै आएको छ । मन्त्रालयका अनुसार हालसम्म आरडीटी र पीसीआर विधिमार्फत गरी ५३ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी १० हजार ४ सय ७१ जनाको पीसीआर विधी मार्फत परीक्षण गरिएको छ भने ४३ हजार ६३ जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा कोरोनाको आशंकामा २ हजार १ सय ८४ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम