फेरी थपियो समय: वैशाख २५ सम्म लकडाउन जारी रहने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले लकडाउनको समय पुन: थपेको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले अझै १० दिन अर्थात वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । यसअघि वैशाख १५ सम्मलाई लकडाउन लम्ब्याइएको थियो । भोलि लकडाउनको समय सकिनुअघि नै आजै यसको समय थप गरिएको हो ।
नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको संख्या बढिरहेकाले कोरोनाको जोखिम बढ्ने संकेतका कारण सरकारले लकडाउनको समय थपेको बताइएको छ । त्यसो त हालसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा