झापामा थप एक जनामा देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै झापाका एक ५० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले झापाका ५० वर्षीय पुरुषमा कोरोना देखिएको बताए । आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा