विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले हालसम्म २ लाख २ हजार ८६ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी विश्वभर २८ लाखभन्दा बढी मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या ५० हजार नाघेको छ ।
अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आ-आफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन्।
अहिलेसम्म अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन्। ब्रिटेनमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या २० हजारभन्दा बढी छ। यसैयरी फ्रान्समा कोरोनाभाइरसका कारण २२ हाजार ६ सय १४ जनाको ज्यान गइसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा