कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औलो संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना आशंकामा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको बताएको छ ।
शनिबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न स्थानमा कोरोना आशंकामा क्वारेनटाइनमा बसेका केही व्यक्तिहरुमा औंलो देखिएको बताए । उनले भने, ‘केही क्वारेन्टाइनमा औंलोका बिरामी भेटिनुभएको छ , त्यसैले लामखुट्टेको टोकाइबाट जोगिने उपाय गरौं ।’ उनले कति जनामा औंलो देखियो भनेर संख्या चाहिं उल्लेख गरेनन्।
उनले औंलो रोग लामखुट्टेको टोकाइबाट सर्ने र अहिले गर्मीको मौसममा लामखुट्टे बढी सक्रिय हुने हुँदा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गर्मी बढेसँगै औंलोको प्रकोप पनि बढ्नेगर्छ । उनले देशभरका क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै लाने पनि आश्वासन दिए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त