दीर्घरोगीलाई ध्यानमा राख्दै मेट्रो अस्पतालले शुरु गर्यो ओपीडी सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं: महाराजगञ्जस्थित मेट्रो काठमाडौं अस्पतालले दीर्घरोगीलाई ध्यानमा राख्दै नियमित ओपीडी सेवा शुरु गरेको छ ।
लकडाउनका कारण नियमित फलोअप र औषधि नपाउँदा दीर्घरोगीलाई समस्या हुने भन्दै अस्पतालले लकडाउनकै समयमा पनि सामाजिक दूरी कायम गर्दै ओपीडी सेवा शुरु गरेको बताएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश वलीले दीर्घरोगीको अवस्थालाई ध्यान दिंदै अस्पतालले ओपीडी सेवा शुरु गरेको बताए । उनले लकडाउनका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि पनि मेट्रो होम ल्याब मार्फत घरमै गएर स्याम्पल कलेक्सन गरिने पनि जानकारी दिए । योसँगै अस्पतालमा तुरुन्त शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि पनि सेवा शुरु भइसकेको छ ।
अस्पताल आउने हरेक बिरामीले सामाजिक दूरी कायम गर्नुपर्ने,मास्क अनिवार्य लगाउनुपर्ने, अस्पताल आउनुअघि गेटमा हात धोएर आउनुपर्ने नियम बनाइएको छ । योसँगै यदि कसैलाई ज्वरो आएको वा खोकी लागेको पाइएमा छुट्टै फिबर क्लिनिकमा जाँच गरिने पनि अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा