कोरोना कहर : हवाई उडान जेठ २ गतेसम्म बन्द हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले कोरोना महामारीको सम्भावना अझै भएकाले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको बताएको छ ।
यसअघि हवाई उडानहरु अप्रिल ३० अर्थात वैशाख १८ गतेसम्मका लागि स्थगित थियो । यसलाई १५ मे अर्थात जेठ २ सम्म लम्ब्याउने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी गराए । लकडाउनको समय भने मन्त्रीपरिषदको बैठकले निर्णय गर्ने पनि उनले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा