झापाका ६२ वर्षीय पुरुषमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उक्त व्यक्तिमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी अहिले आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा