२४ घण्टामा कोरोना आशंकामा ३ हजार ७ सय ९१ जनाको परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले गत २४ घण्टामा कोरोना आशंकामा ३ हजार ७ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको परीक्षण गरिएको बताए । यी मध्ये कसैमा पनि कोरोना पोजेटिभ नआएको पनि उनले जानकारी दिए ।
पीसीआर विधिबाट हालसम्म ९ हजार ४ सय सात जनाको र र्यापिड टेष्ट विधि मार्फत ३८ हजार ८९ जनाको परीक्षण गरेको प्रवक्ता देवकोटाले बताए । यो दुबै गरी हालसम्म ४७ हजार ४ सय ९६ जनाको कोरोना आशंकामा परीक्षण गरिएको छ ।
यसैगरी मन्त्रालयका अनुसार प्रदेश १ मा ३९२९, प्रदेश २ मा ४९७७, बाग्मती प्रदेशमा ७१४३, गण्डकी प्रदेशमा ४७८३, कर्णाली प्रदेशमा ४८७०, प्रदेश ५ मा २८७४र सुदूरपश्चिममा ९५१३ जनामा र्यापिड टेष्ट विधि मार्फत कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनको संख्या १२ हजार ९ सय ८५ र आइसोलेसनमा ८९ जना रहेको पनि बताइएको छ । नेपालमा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १० जना निको भएर घर गइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा