कोरोना सतर्कता: रमजानमा पनि मस्जिद नजान मुस्लिम आयोगको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं: मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समूदायलाई घरमै बसेर नवाज पढ्न अपिल गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा अन्सारीले मुस्लिम समूदायलाई कोरोना महामारीका कारण घरमै बसेर नमाज पढिदिन आग्रह गरेका हुन्।
उनले मुस्लिम समूदायको ठुलो चाड रमजान भोलिबाट शुरु हुन लागेको भन्दै यो चाडमा पनि मस्जिदमा नगइदिन आग्रह गरे । उनले भने, ‘भाइरसले यो जात वा धर्म भनेर चिन्दैन त्यसैले हामी आफू पनि सचेत भएर यो महामारीबाट बच्न भिडभाडमा नगई प्रार्थना गरौं, घरमै नमाज पढौं। भोलि महामारी हटेपछि आ आफनो हिसाबले मस्जिद जान सकिन्छ ।’ उनले मुस्लिम समूदायलाई यो कोरोना महामारीका बेला समूहमा भेला नभइदिन पनि आग्रह गरे ।
उदयपुरको मस्जिदमा एकैपटक धेरै जमातीमा कोरोना संक्रमण देखिएको प्रसंग उठाउँदै उनले मस्जिदमा धर्म गुरु बाहेक अरु नबसिदिन अपिल गरे । उनले आयोगले स्वास्थ्य मन्त्रालयसँग मिलेर उपत्यका लगायत देशभरका मस्जिदहरुमा रहेका जमातीहरुको कोरोना परीक्षण गर्ने काम शुरु गरेको पनि जानाकारी दिए । उनले कार्यक्रममा केही व्यक्तिले नेपालमा मुस्लिमले कोरोना फैलाए भनेर आरोप लगाएको भन्दै रोगलाई कुनै धर्म वा समूदायसँग नजोड्न पनि आग्रह गरे ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा