Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिमका चौंथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिमका चौंथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: केही दिनयता कोरोना जितेर घर फर्किनेको संख्या बढेको छ । आज सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि कोरोना जितेर घर फर्किएकी छिन्।

कैलालीको लम्की चुहा नगरपालिका -१ कि ५० बर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको लगातार दुई पटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

विरगञ्जमा पसल गर्दै आएकी उनी लकडाउन भएपछि कैलाली आएकी थिइन्। कैलाली आएर १२ दिन क्वारेन्टाईनमा बसेकी उनलाई चैत २२ गते कोरोना पुष्टि भएको थियो। योसँगै सुदूरपश्चिम प्रदेशमा चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्। अव सेती अस्पतालको आईसोलेसनमा एक जना संक्रमित महिला मात्र उपचाररत छिन्।

काठमाडौंमा पनि दुई जना संक्रमित निको भएर आजै अस्पतालबाट डिस्चार्ज भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार