कोरोना जितेर पाटन अस्पतालबाट डिस्चार्ज भए आमा छोरा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमित आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सनसिटीका संक्रमित ८१ वर्षीय आमा र ५८ वर्षीय छोरा एकैपटक डिस्चार्ज भएको बताए । उनले भने, ‘दुबैजना कोरोना जितेर घर जान लागेका हुन्।’
चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरु दुबै जना ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम