कोरोना रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढिरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामग्री पत्रकारलाई वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै मञ्चकी अध्यक्ष कल्पना आचार्यले कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी जस्तै सूचना संकलनका लागि फिल्डमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै उनीहरुका लागि सुरक्षा सामग्री वितरण गरिएको बताइन्। उनले भारतको मुम्बईमा एकै दिन ५३ जना पत्रकारलाई कोरोना संक्रमण भएको प्रसंग उठाउँदै नेपालमा पनि फिल्डमा काम गर्ने पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
यसैगरी कार्यक्रममा मञ्चका महासचिव रामप्रसाद न्यौपानेले सुरक्षा सामग्री प्रदान गरेर सहयोग गर्ने संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता सामग्रीको आवश्यकता पर्ने स्वास्थ्य पत्रकारलाई मञ्चले सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न मिडियामा काम गर्ने स्वास्थ्य पत्रकारको सहभागिता रहेको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम