नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको बताए ।
धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुको उमेर २४, ६० र ७२ वर्षको रहेको र तीनै जना पुरुष भएको पनि उनले जानकारी दिए । उनीहरु तीनै जना उदयपुरका स्थानीय बासिन्दा भएको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । यी मध्ये ७ जना निको भएर घर फर्केका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा