उदयपुरमा एकैदिन ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: आज एकैदिन उदयपुरमा ११ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
मंगलबार बिहान कोशी अस्पतालमा गरिएको परीक्षणमा उदयपुरका ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै परीक्षणको क्रस भेरिफाई गर्नका लागि उनीहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ पनि पोजेटिभ रिपोर्ट आएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका स्थानीयमा कोरोना संक्रमण परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६० जनाको परीक्षण गरिएकोमा ३ जना र कोशी अस्पतालमा ६९ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा