कोरोना जितेर घर फर्किए सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक कोरोना जितेर घर फर्किएका छन्। मंगलबार सेती प्रादेशिक अस्पताललले उनलाई डिस्चार्ज गरेको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबईबाट आएका उनको चैत १४ गते कोरोना पुष्टि भएको थियो।
उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेती अस्पतालमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अव सेती अस्पतालमा तीन जना संक्रमितको उपचार भईरहेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम